काठमाडौं ।
जातीय विभेदको कथालाई उठान गर्न लागिएको चलचित्र ‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै फिल्मका कलाकार र निर्माण टिम बुटवल पुगेको छ । बुटवलका विभिन्न स्थानमा चलचित्रका लागि लोकेशन हेरिएको र स्थानीयबासी र विभिन्न संघसंस्थाबाट साथ र सहयोग पाएको निर्माण टिमले जानकारी गराएको छ ।
चलचित्रका कलाकारद्वय बेनिशा हमाल र मुकुन भुषाल पनि लोकेशन हन्टिङका क्रममा बुटवल पुगेका हुन् ।
माघ १५ गतेबाट छायांकन सुरु गर्ने तयारीका साथ चलचित्रका कलाकार लोकेशन हन्टिङमा निस्किएका हुन् । फिल्मका निर्देशक किरण बीकका अनुसार तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिने भएको छ ।































प्रतिक्रिया