काठमाडाैं । प्रभु बैंक लिमिटेड र जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा आकर्षक छुट सुविधा पाउने भएका छन्।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गरिएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा आवास सेवामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। बैंकले जारी गरेको कार्ड वा कर्मचारी परिचयपत्र देखाएर उक्त छुट लिन सकिनेछ।
होटल यार्शा जिरी नगरको शान्त र प्राकृतिक सुन्दरतायुक्त क्षेत्रमा अवस्थित छ। सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित जिरी पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य हो। शुद्ध हावा, हरियाली वातावरण, पदयात्राका लागि उपयुक्त ट्रेल, र पारिवारिक घुमघामका लागि रमणीय स्थानका रूपमा यो क्षेत्र चिनिन्छ।
सम्झौतासम्बन्धी जानकारी दिँदै बैंकले यो सहकार्यले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र ग्राहकलाई गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । यस्तै, होटल यार्शाले पनि बैंकसँगको सहकार्यले आफ्नो सेवा थप व्यापक र पहुँचयोग्य हुने अपेक्षा व्यक्त गरेको छ ।
बैंकले यसअघि पनि विभिन्न होटल तथा रेस्टुरेन्टसँग सहकार्य गर्दै ग्राहक केन्द्रित सुविधाहरु प्रदान गर्दै आएको छ। होटल यार्शासँगको सहकार्य पनि ग्राहक सन्तुष्टिमा केन्द्रित पहलको निरन्तरता भएको बैंकले जनाएको छ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।































प्रतिक्रिया