अञ्जन श्रेष्ठको टीमद्वारा उद्योग बाणिज्य महासंघका प्राथमिकता समेटिएको पुस्तक सार्वजनिक

अञ्जन श्रेष्ठको टीमद्वारा उद्योग बाणिज्य महासंघका प्राथमिकता समेटिएको पुस्तक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघको आशन्न ५४ औं साधारण सभा र निर्वाचनको कार्यक्रम नजिकिंदैै छ । यस अवसरमा शेखर गोल्छा समूह अन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुका विषय छनोट गरेर काम गरिरहेको छ ।

यसै सन्दर्भमा सो टिम निर्वाचनको प्रक्रिया सुरु हुनु अघि नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेको छ ।

उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएका छन् । यस टिमले कोभिड १९ का कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गर्ने प्रयास गरेको छ ।

उनीहरुले सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेका थिए । ‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै आगामी दिनमा नेपालमा व्यवसायीक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको बताइएको छ ।

Skip This
Skip This
Logo