काठमाडौं
रसियाको गाजेस्थानमा रहेको एक गाई फार्ममा काम लगाइदिन्छु भन्दै ३ जना व्यक्तिले ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको छ ।
मासिक १ हजार अमेरिकी डलर भन्दा बढी आम्दानी तथा खाना र बस्नको समेत व्यवस्था भएको आश्वासन दिएर ४५ जना नेपालीबाट ३ जनाले ४५ लाख बढी ठगी गरेका हुन् । नुवाकोटको ओखरपौवा–६ घर भएका राजु तामाङ, ललितपुरको सौगल घर भएका ७२ वर्षीया ज्ञान गोविन्द वैध र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घर भएका जगत बहादुर श्रेष्ठले रसियामा काम लगाइदिने भन्दै ४५ जना सर्वसाधारणलाई ठगेका हुन् ।
पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी ) ले तीनै जनालाई पक्राउ गरेको छ । सिआईबीले गरेको अनुसन्धानका क्रममा नुवाकोटका राजु तामाङले रसियामा आफ्नै गाई फार्म रहेको भन्दै पीडितबाट १ देखि २ लाख रुपैयाँ उठाएका थिए ।
सम्पूर्ण खर्च ८–९ लाख रुपैयाँ लाग्ने भनेर उनले पीडित व्यक्तिबाट अग्रिम खर्च भनेर १ देखि २ लाख रुपैयाँ असुल गरेको सिआईबीले जनाएको छ । यस्तै ललितपुरको सौगल बस्ने ७२ वर्षीय ज्ञान गोविन्द वैधले राजु लामाबाट लेटर अफ एटोर्नी आएको भन्दै पीडितबाट पैसा उठाएका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया