काठमाडौं । चलचित्र ‘रणवीर’ को टिजर ट्रेलर लन्च गरिएको छ । यस चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन् । चलचित्र रणवीरका मुख्य कलाकार सुशिल सिटौला र प्रशान्त ताम्राकारलाई एङ्ग्री अवतारमा देखाउँदै यस चलचित्रको फस्ट लुक सार्वजनिक भएको हो ।
यस चलचित्रमा सुपुष्पा भट्ट, शुभेच्छा खड्का, सुशिल सिटौला, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतको कलाकारहरुले अभिनय गरेका छन् ।
रणवीरमा गोमा विष्ट र दिपेन्द्र रेग्मीको निर्माण रहेको छ भने कृष्ण भण्डारीको सम्पादन रहेको छ । रोमान्स र एक्सनलाई चलचित्रको मुख्य विषय वस्तु बनाइएको छ । यो चलचित्र माघ १८ गते बाट प्रर्दशानमा आँउदैछ ।































प्रतिक्रिया