काठमाडौँ
आज बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को सचिवालय बैठक पुनः सरेको छ । आगामी स्थायी समिति बैठकमा पेस गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो । बैठक २७ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।
बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो । साथै उक्त बैठकमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिका विषयमा समेत आगामी सचिवालय बैठकमा छलफल हुने बताइएको थियो ।
प्रदेश कमिटी गठनको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने सचिवालयका कार्यसूची रहेका छ्न् । यस्तै बैठकले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया