महेन्द्रनगर

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको वास्तविक हत्यारा र प्रतिवेदन सार्वजनिकको माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ । "/>

नागरिक संघर्ष समितिको आन्दोलन फिर्ता : निर्मला हत्याकाण्ड

नागरिक संघर्ष समितिको आन्दोलन फिर्ता : निर्मला हत्याकाण्ड

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको वास्तविक हत्यारा र प्रतिवेदन सार्वजनिकको माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ । आइतवार सरकारले उच्च स्तरिय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेसँगै समितिले आन्दोलन फिर्ता लिएको हो ।

नेपालीहरुको महान् चार्ड दशैँ आएकाले कार्तिक ७ गते सम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ ।

मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गते देखि महेन्द्रनगरको मदन चोकमा धर्ना शुरु गरेका थिए । मङ्गलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल) लाई ज्ञापन पत्र बुझाउँदै प्रतिवेदनमा उल्लेख भएका व्यक्ति माथि थप अनुसन्धान गर्न माग गरिएको छ ।

यस अघि संघर्ष समितिले निर्मलाको वास्तविक हत्यारा पहिचान गरि कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै महेन्द्रनगरमा प्रर्दशन पनि गरेको थियो । महेन्द्रनगरकी अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोज देखि ७ कार्तिक सम्म आन्दोलन फिर्ता लिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo