काठमाडौँ
विश्व हुलाक दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइंदैछ ।
कुनै समय लोकप्रिय रहेको भए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या अहिले उल्लेख्य मात्रामा घटेको छ । यद्यपि सरकारी कामकाजका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।
सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष यस दिनलाई हुलाक दिवसको रुपमा मनाउने गरिएको हो । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।
यसैबीच दिवसका अवसरमा हुलाक सेवालाई छिटो, स्तरीय, भरपर्दो र विश्वसनीय सेवा प्रदान गरी सेवाग्राहीलाई सन्तुष्ट बनाउनु पर्नेमा जोड दिइएको छ । हुलाक सेवा विभागले पनि हुलाकसँग आवद्ध सबैमा उत्साह र हौसला बढोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।































प्रतिक्रिया