काठमाडौँ

माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्  । "/>

साना गाडीले पनि आजबाट टिकट बुकिङ लिने

साना गाडीले पनि आजबाट टिकट बुकिङ लिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्  । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायीले यस्तो सहमति गरेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।

‘मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएका छन्,’ उपाध्यायले भने । व्यवसायीले अग्रिम टिकट बुकिङ नगरेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकार समेत गरेको उनले बताए  । ‘काठमाडौं उपत्यकाबाट यात्रु पुर्याएर काठमाडौं फर्किंदा रित्तै फर्किनु परेकाले बढी भाडा लिएको व्यवसायीले स्वीकार गरेका छन् ।’ निर्देशक उपाध्यायले भने, ‘अब देखि बढी भाडा नलिने सहमति समेत गरेका छन् ।’

यसै विच विभागका महानिर्देशक लावण्यकुमार ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकमा व्यवसायी र विभागबीच पाँचबुँदे सहमति भएको छ । सहमति अनुसार सरकारले निर्धारण गरेको दर अनुसारको भाडा मात्र लिने, मंगलबारबाट टिकट बुकिङ खोल्ने, माइक्रोबस, हाइस र टाटासुमोका टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउने, बिचौलियाको प्रवेश हुन नदिई आधिकारिक व्यक्तिले मात्र टिकट बिक्री गर्ने, सबै यातायात सेवाको सञ्चालन रुट र सवारीको विवरण तुरुन्त विभागमा उपलब्ध गराउने सहमति गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo