काठमाडौं । फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका डा.केशव श्रेष्ठलाई नेपाल प्रहरीले बालाजुबाट सकुशल उद्धार गरेको छ । उनलाई बालाजुमा फेला पारिएको र हाल उनलाई भद्रकाली ल्याएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
डा. केशव श्रेष्ठ पछिल्लो २५ महिनादेखि रामेछाप जिल्ला अस्पतालमा कार्यरत थिए । जहाँ उनी विगत १८ महिनादेखि निमित्त मेडिकल सुपरिटेन्डेन्टको भूमिकामा थिए । उनको कार्यकालमा अस्पताल १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको थियो । डा.श्रेष्ठले हरेक महिना काठमाडौंबाट विशेषज्ञ चिकित्सक ल्याएर स्वास्थ्य शिविर सञ्चालन गरेका थिए र अस्पतालको वित्तीय पारदर्शिता कायम राख्दै बेरुजु शून्य बनाएका थिए । यी सबै उपलब्धिका बाबजुद पनि उनले आफूमाथि भएको प्रशासनिक अन्याय र झुटा आरोपका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
जेठ मसान्तमा उनलाई रामेछापबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडा सरुवा गरिएको थियो । उनको फेसबुक स्टाटसअनुसार, यो सरुवा राजनीतिक हस्तक्षेप र व्यक्तिगत प्रतिशोधको परिणाम थियो । उनले स्थानीय नेता केदार कार्की र अन्य कर्मचारीहरूले आफूलाई झुटा आरोप लगाएर बदनाम गरेको र धम्की दिएको खुलासा गरेका छन् ।
प्रहरीले अहाल उनकी श्रीमतीलाई सम्पर्क गरेको र अब उनकै जिम्मामा छोडिने भएको छ ।





























प्रतिक्रिया