प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि सूचना टाँसेर स्थगित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो। फेरि साढे ४ बजे बस्‍ने गरी बैठक बोलाइए पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

बुधबारकाे दिन सहमति निकाल्न सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए । आज रास्वपाका सांसदहरु निलाे रिवन लगाएका पुगेका थिए ।

“सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उनले भने ।

Skip This
Skip This
Logo