भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कता सूचना

भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कता सूचना

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको छ ।

असार ७ गतेसम्म उक्त क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

चीनको तिब्बत क्षेत्रमा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको बहाव बढ्न सक्ने सतर्कताको सूचना चिनियाँ पक्षले पठाएको थियो। सोही सूचनाको आधारमा प्रशासनले सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

कार्यालयले भोटेकाशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन आग्रह गरेको छ ।

Logo