काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्मालेसूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्यनेपालप्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै पहिलाे उपाधि जितेका हुन्। राहुलले आज५-अन्डर ६७ को स्कोर गरे।
राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए।
समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८-अन्डर ६४ को स्कोर गरे। प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सद्भाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनलेआज ५-अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए।
साबिक विजेता सुवास तामाङ समग्रमा १५-अन्डर २ सय ७३सहित चौथो भए। उनले आज इभन-पार ७२ स्कोर गरे। प्रोतर्फउनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे।भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २सय ७४ सहितपाँचौं स्थानमा रहे। उनले आज ६-अन्डर ६६को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।
धरानका प्रो निरज तामाङले आज १-ओभर ७३ स्कोर गरे।समग्रमा १०-अन्डर २ सय ७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रोभएकाउनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगदपुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।
दिनेश प्रजापति समग्रमा ९-अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २-अन्डर ७० स्कोर गरे। प्रोतर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राईसमग्रमा ८-अन्डर २ सय ८० सहित आठौं भए। आज ५-अन्डर६७ स्कोर गरे।प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजारहात पारे।
समग्रमा ३-अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा रएमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन-पार ७२ र वाङ्चेनले २-अन्डर ७० माआजको खेल सकाए । प्रो तर्फ छैटौं भएका सञ्जयले ८४हजार प्राप्त गरे। यस्तै रविखड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित५-अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनिएक-एक सट बचाउँदा २३-अन्डरमा स्कोर पुर्याइसकेका थिए। तर ४-पारको१४औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन-पार ३६ मा सकाए।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे।चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन५-अन्डर ३१मा सकाए। यसपछि ११औं, १२औं, १५औं र१७औं होलमा एक-एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३-अन्डर३३ मा पुरा गरे।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्सएसोसिएसन(एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।
एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो, जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए। अब शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेस्नलर १२० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।





























प्रतिक्रिया