बर्दिबास

महोत्तरीको भगंहा हरिणमरीका मुकेशकुमार मल्लिकले पढेर ‘ठूलो मान्छे’ बन्ने सपना सँगालेका छन् । "/>

विद्यालयमा सरसफाइ नगरेको भन्दै प्रधानाध्यापकद्वारा दलित विद्यार्थी निष्काशित

विद्यालयमा सरसफाइ नगरेको भन्दै प्रधानाध्यापकद्वारा दलित विद्यार्थी निष्काशित

केन्द्रबिन्दु
0
Shares

बर्दिबास

महोत्तरीको भगंहा हरिणमरीका मुकेशकुमार मल्लिकले पढेर ‘ठूलो मान्छे’ बन्ने सपना सँगालेका छन् । उनी गाउँकै किशोरी जनता माविमा कक्षा ७ मा पढ्छन् । तर विद्यालयमा सरसफाइ नगरेको भन्दै प्रधानाध्यापक मनोहरकुमार यादवले स्कुलबाट निष्काशन गरेपछि उनी समस्यामा परेका छन् ।

तराई मधेसको पीछडिएको डोम समुदायबाट विद्यालय पुगेका उनलाई प्रधानाध्यापक यादवले निष्काशन गरेका हुन् । विद्यालयका लेखापाल राकेशकुमार यादवकी हजुरआमाको शुद्धी भोज विद्यालयमै गरिएको थियो । त्यही भोजको फोहोर सफा नगरेपछि मुकेश विद्यालयबाट निष्काशित हुनुपरेको जनाइएको छ ।

प्रधानाध्यापक यादवले दुई वर्ष अघि मुकेशका दाई राकेशलाई विद्यालय छोडाएको पीडित परिवारले जनाएको छ । ‘हेडसरले सफाइ गर्न भन्नुभयो, मैले मेरो दाइलाई बोलाएर सफा गर्न लगाउनुस्, म पढ्न आएको हुँ भनें’, मुकेशले भने, ‘त्यसपछि हेडसरले अब विद्यालय नआइज भनेर हप्काएर पठाए ।’

मुकेशकी आमा ललितादेवीले हेडसर घरमै आएर ‘तेरो छोरा पढ्ने खालको छैन, अब ऊ अर्कै स्कुलमा पढ्छ, स्कुल पठाउनु पर्दैन’ भन्दै हप्काएको गुनासो गरिन् । राकेशलाई पनि विभिन्न आरोप लगाएर कुटपिट गरी विद्यालयबाट निकालिएको उनको भनाइ छ ।

यता प्रधानाध्यापक यादवले भने आफूले उनीहरूलाई निष्काशन नगरेको दाबी गरे । मुकेशकै सुँगुरले गाडिएको फोहोर उधिनेपछि गह्नाउन थालेको र सोही सफा गर्न अन्य विद्यार्थी र शिक्षकलाई सहयोग गर्न मात्र भनेको उनले सुनाए । ‘मुकेशलाई मैले अन्य विद्यार्थीसँगै फोहोर सफा गर्न मात्र भनेको हुँ’, उनले भने, ‘विद्यालय नै नआउन भनेको होइन ।’
अन्नपूर्णबाट

Logo