काठमाडौं
रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याइने क्षेत्रमा पर्ने वीरगञ्जका धार्मिकस्थल र पर्सा राष्ट्रिय निकुञ्जका कारण आयोजना समयमा नै नसकिने भएको छ । निकुञ्जले ढिला गरी मात्र रूख काट्ने सहमति दिएको र धार्मिक क्षेत्रबाट पाइपलाइन कसरी ल्याउने भन्ने टुंगो नलाग्दा निर्धारित मितिमा काम नसकिने भएको हो ।
आयोजना मार्च २०१९ सम्ममा सक्ने सम्झौता भएको छ । पाइपलाइनको २०.९ किलोमिटर बारा र १५.२ किलोमिटर पर्सामा पर्छ । जसमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्छ । निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन ( इआइए ) प्रतिवेदन ढिला गरी दिएकाले अहिलेसम्म रूख काट्न नसकिएको आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।
पाइपलाइन बिछ्याउने रुट सिमरादेखि अमलेखगञ्जसम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्छ । ‘निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन ( इआइए ) प्रतिवेदन दिइसकेको छ, हामीले दाबीविरोधका लागि ३० दिनको समयावधि दिई सूचना प्रकाशित गरेका छौँ, अब जंगलक्षेत्रमा पनि छिटै पाइपलाइन विस्तार हुन्छ,’ इन्जिनियर पौडेलले भने । सामुदायिक वन र निकुञ्ज क्षेत्रका ३० सेन्टिमिटर डायमिटर भन्दा ठूला पाँच हजार रूख काटिनेछन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया