रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपा काठमाडौंको माग

रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपा काठमाडौंको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरमा गएको टोलीले महानगरको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवन संगीनी तथा राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहेकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको ज्ञापनपत्रमा उल्लेख छ । काठमाडौं महानगरलाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ ।

शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउन राप्रपा काठमाडौंको सुझाव छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका थिए ।

Skip This
Skip This
Logo