कञ्चनपुर
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका निम्ति दवावमूलक संघर्ष समितिले प्रेसरकुकर जुलुस निकालेको छ । निर्मलाको शव फेला परेको दिन देखि न्यायमा होमिएका हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले बिहीबार प्रेसरकुकर जुलुस निकालेको हो ।
संर्घष समितिको संयोजक श्रेष्ठले सरकारलाई दवाव दिन र वास्तविक हत्यारा सार्वजनिक गर्न माग अघि सारेर प्रेसरकुकर जुलुस निकालेको बताए । उनका अनुसार जुलुसमा सहभागी महिलाले टाउकोमा प्रेसरकुकर राखेर महेन्द्रनगरमा प्रर्दशन गरेका थिए ।
गल्ली नम्बर १ देखि सुरु भएको जुलुस मदनचोक हुँदै बजार परिक्रममा गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुल गेटमा पुगेर समापन भएको थियो । समितिका अगुवा महिलाले प्रहरीलाई अझै पनि निष्पक्ष छानबिन गरेर वास्तविक दोषीलाई सार्वजनिक गर्न खबरदारी गरेका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया