केन्द्रविन्दु डेस्क । चर्चित निर्मला पन्त प्रकरणले यतिबेला देश नै तातेको छ । गत साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । "/>

गृहमन्त्रीलाई चोख्याउन आईजीपीलाई बलीको बोको बनाईदैं !

गृहमन्त्रीलाई चोख्याउन आईजीपीलाई बलीको बोको बनाईदैं !

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु डेस्क । चर्चित निर्मला पन्त प्रकरणले यतिबेला देश नै तातेको छ । गत साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । यो प्रकरणले राज्य नै बदनाम भईरहेको छ । घटनालाई लुकाउन तथा प्रमाण नष्ट गर्न खोजिएको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट लगायत प्रहरी अधिकारीमाथि छानविन भईरहेको छ ।

मुख्य अभियुक्त भन्दै प्रहरीले पक्राउ गरेका दिलिप विष्ट डिएनए परीक्षणपछि रिहा भएका छन् । त्यस्तै निर्मला जसको घरमा होमवर्क गर्न गएकी थिईन् रोशनी बम र उनकी दिदीको समेत यो घटनामा संलग्नता नरहेको भन्दै रिहा भईसकेका छन् । यतिबेला देशभर विरोध प्रदर्शन भईरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरिररहेको छ ।

उसले प्रधानमन्त्रीको नै राजीनामा माग गर्दै आईरहेको छ । शान्ति सुरक्षा प्रदान गर्न असक्षम भएको तथा निर्मलाका हत्यारालाई संरक्षण दिईरहेको आरोप लगाउँदै कांग्रेस सरकारमाथि नै खनिएको हो । त्यस्तै महिला अधिकारकर्मी, मानवअधिकारकर्मीहरुले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग गरिरहेका छन् । काठमाडौं लगायत देशैभर जारी आन्दोलने शान्ति सुरक्षा प्रदान गर्न नसकेको भन्दै दुवै जनाको राजीनामा माग भईरहेको छ ।

गृहमन्त्रीको मनलाग्दी बोलीः
निर्मला पन्त काण्डले सरकार नै हल्लिएको छ । प्रधानमन्त्रीले नै यस विषयमा विशेष चासो राख्दै आएका छन् । यो काण्डको अनुसन्धान गर्न केन्द्रमा एआईजीपी धिरु बस्नेतको संयोजकत्वमा शक्तिशाली समिति गठन गरिएको छ ।

त्यस्तै कञ्चनपुरमा नै जिल्ला प्रहरी, प्रदेश प्रहरी र एसएसपी नेतृत्वमा सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म कुनै पनि प्रमाण फेला पर्न सकिरहेको छैन् । गृहमन्त्री बादल भने यो विषयमा अनावश्य अभिव्यक्ति दिँदै हिडिरहेका छन् ।

कहिले जो तत्काल नेपालमा सम्भव नै भएको मृत्युदण्डको कुरा गरिरहेका छन् । भने कहिले पूजीवादी चिन्तनले महिला हिंसा तथा बलात्कारजन्य घटना बढिरहेको बताईरहेका छन् । जुन सरकारकै जिम्मेवार मन्त्रीबाट यस्ता अनावश्यक कुरा आउनु सोभनिय हुँदैंन ।

जिम्मेवार मन्त्रीले बोल्नुभन्दा पहिला सय पटक सोच्नुपर्ने हुन्छ कि मैले बोल्दा के हुन्छ र के अर्थ लाग्छ । अझ, संवेदनशील विषयमा । तर गृहमन्त्री बादल भने सस्तो लोकप्रियता कमाउन मन लाग्दी कुरा बोल्दै आएका छन् ।

जे पायो त्यही बोल्न थालेपछि आन्दोलनकारीले उनको राजीनामा नै माग गरेका हुन् । उनीहरुले शान्ति सुरक्षा प्रदान गर्न नसकेको भन्दै तत्काल राजीनामा दिनुपर्छ भनेका हुन् । तर सत्तारुढ दल नेकपाले भने यो मुद्धालाई विकेन्द्रीकृत गर्न प्रहरी प्रमुखको राजीनामा माग गरेको छ ।

सत्तारुढ दलकै निर्देशनमा चल्ने प्रहरी प्रमुखलाई दोषी ठहर्‍याउँदै अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले प्रहरी प्रमुख खनालको राजीनामा माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले निर्मला पन्त काण्डमा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

देशभरी महिला हिंसाका साथै अपराधिक गतिविधि बढ्दै गएपनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरिक्षकले कुनै चासो नलिएका कारण भन्दै आईजीपीको राजीनामा माग गरिएको हो ।

अनेरास्ववियु अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेर सडकले जसको राजीनामा माग गरेको छ, उसैलाई आईजीपी बर्खास्तीको माग गरिएको हो । के आन्दोलनकारीले आइजिपीको राजीनामा खोजेका छन् ? सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियुहरुले कस्को माग बोकेका हुन् ? यो अर्थपूर्ण माग भएको छ ।

Logo