कसैले संसद् अवरोध गर्नुहुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ -उपभापति गुरुङ

कसैले संसद् अवरोध गर्नुहुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ -उपभापति गुरुङ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै पनि बहानामा संसद् बैठक अवरोध गर्नु नहुने र कुनै पनि समस्याको समाधान सहमतिबाटै गर्न सकिने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जनताका आवाज मुखरित गर्ने थलोलाई कसैले पनि बन्धन बनाउन नहुने उल्लेख गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका नेता गुरुङले कुनै पनि समस्याको हल सहमतिबाटै गर्न सकिने उल्लेख गर्दै हाल संसद्मा देखिएको गत्यारोध पनि सहमतिबाटै अन्त्य गर्न सकिने सुझाव दिए ।

Skip This
Skip This
Logo