पर्वत । किशोरी बलात्कार गरेको अभियोगमा स्ववियू सभापतिलाई जिल्ला अदालत पर्वतले १० वर्ष जेल सजाय सुनाएको छ । कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको हो ।
क्षेत्रीसहित अन्य युवाहरुले विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला हेरेर फर्किदै गरेकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए । कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी संघबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाले उक्त फैसला सुनाएका हुन् ।
क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको हो । क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला गरेको छ । अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ ।






























प्रतिक्रिया