काठमाडौं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’ को फस्ट लुक सार्वजनिक भएको छ । अनामनगरमा आयोजित कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । "/>

‘प्रेमलिला’ को फस्ट लुक सार्वजनिक

‘प्रेमलिला’ को फस्ट लुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’ को फस्ट लुक सार्वजनिक भएको छ । अनामनगरमा आयोजित कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । यससँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ । फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् । दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् ।‘

दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न अप्रोच गरेका कारण फिल्म खेलेको बताए ।

दीपशिखा खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

 

Skip This
Skip This
Logo