काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा नेपालमा २६ अर्ब ३३ करोड बढीको स्मार्टफोन आयात भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा २६ अर्ब ३३ करोड १० लाख ६५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएकाे हो।
यो अवधिमा १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको हो।
यो अवधिमा ६ करोड ५२ लाख २८ हजार बढी मूल्यका मोबाइल फोन चार्जर आयात भएको छ। फोनजन्य वस्तुहरू मोबाइल फोन चार्जर, कर्डलेस ह्यान्डसेटसहितको लाइन टेलिफोन सेट, स्मार्टफोनहरू, सेलुलर नेटवर्क वा अन्य वायरलेस नेटवर्कका लागि प्रयोग हुने अन्य टेलिफोनहरू र अन्य टेलिफोन सेटहरू २८ अर्ब ३९ करोड ८३ लाख २५ हजार रूपैयाँ बराबरका ७५ लाख ५१ हजार ७२० थान नेपाल भित्रिएका छन्।































प्रतिक्रिया