काठमाडौँ

कोटेश्वरका दिलिप न्यौपानेले झन्डै वर्ष दिन अघि नवीकरण गरेको लाइसेन्स लिन तीन पटक यातायात कार्यालय धाए । "/>

एक वर्षमा पनि पाइएन स्मार्ट लाइसेन्स !

एक वर्षमा पनि पाइएन स्मार्ट लाइसेन्स !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कोटेश्वरका दिलिप न्यौपानेले झन्डै वर्ष दिन अघि नवीकरण गरेको लाइसेन्स लिन तीन पटक यातायात कार्यालय धाए । उनी जति पटक पुगे पनि अर्को पटक आउनु भन्ने जवाफ पाए । बालाजुकी उज्ज्वला घिमिरेले पनि झन्डै वर्ष दिन अघि स्कुटीको ट्रायल पास गरिन् । तर उनले लाइसेन्स भने अझै पाउन सकेकी छैनन् । मागको तुलनामा स्मार्ट लाइसेन्सको आपूर्ति हुन नसक्दा उनीहरु जस्ता हजारौंले लाइसेन्स पाउन सकेका छैनन् ।

सवारी साधन अनुमति पत्रको नयाँ प्रमाणपत्र ( स्मार्ट लाइसेन्स ) वितरण व्यवस्थित हुन नसक्दा सेवाग्राहीले समस्या झेलिरहनु परेको छ । त्यस्तै रसिदको भरमा चेकजाँच गर्नुपर्दा ट्राफिक प्रहरीलाई पनि असहज भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक तीन देखि चार सयको संख्यामा सेवाग्रहीहरु लाइसेन्स नवीकरणका लागि यातायात कार्यालय पुग्छन् । मोटरसाइकल तथा स्कुटरको नयाँ लाइसेन्स लिन दैनिक पाँच सय आवेदन पर्ने र ठूला सवारी साधनका लागि सातामा ३ सय हाराहारीमा आवेदन पर्ने गरेको यातायात व्यवस्था कार्यालयका लाइसेन्स विभाग प्रमुख श्याम सिंहले बताए । आवेदन दिए मध्ये पाँचदेखि १० प्रतिशत लिखितमा पास हुने र लिखितमा पास भएका मध्ये ३० प्रतिशत ट्रायलमा पास हुन्छन् ।

लाइसेन्स नवीकरण एकै दिनमा हुने गरेको छ तर नवीकरण भएको स्मार्ट लाइसेन्स लिनका लागि झन्डै वर्ष दिनसम्म पर्खनु पर्ने अवस्था छ । सरकारले यातायात मन्त्रालयलाई पर्याप्त छपाइ मेसिन उपलब्ध नगराउँदा लाइसेन्स आउन ढिला भएको हो,’ प्रमुख सिंहले बताए । छपाइ मेसिन अभावले लाइसेन्स वितरण सूचारु हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘दैनिक ५ देखि ७ हजारसम्म लाइसेन्सको माग छ तर मेसिन अभावले १५ सय देखि २ हजार लाइसेन्स मात्रै उपलब्ध गराउन सकिएको छ,’ यातायात मन्त्रालयका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने ।
नागरिकबाट

Skip This
Skip This
Logo