काठमाडौँ

सर्वोच्च अदालतले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । "/>

बागदरबार नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

बागदरबार नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पुरातत्व विभागले काठमाडौंं महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएको हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनार नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ । साथै, आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।
रासस

Skip This
Skip This
Logo