नेपाली सिनेमा क्षेत्रकी नायिका परमिता राणा आफ्नो २५औँ जन्मदिनमा परिवारजनका साथै इष्टमित्र, साथीभाई र आफन्तहरुका साथमा जन्मदिन मनाउन ब्यस्त थिइन् । त्यति मात्र होइन्, उनले आफ्नो २५ औँ जन्मदिनमा ब्वाईफ्रेन्डलाई पनि साथमै लिएर आएकी थिइन् । आजसम्म उनले आफ्नो ब्वाईफ्रेन्डको बारेमा मुख खोलेकी थिइनन् । तर आफ्नो २५औँ जन्मदिनका दिन उनले आफ्नो ब्वाईफ्रेन्ड को हो भन्ने कुरा बताएकी हुन् । भर्खरै मात्र प्रदिप खड्काको रोजमा नायिकको भुमिका निभाएकी परमिताले अहिले भने चंगा चेट र कर्मा चलचित्रमा लागि परेकी छिन् । आफ्नो २५औँ जन्मदिन साथीभाई र परिवारजनसंग मनाउन परमिता गाउन पोशाकमा सजिएर आएकी थिइन् । उनलाई साथीभाई तथा परिवारहरुले पनि युरोपेली स्टाइलमा जन्मदिनको स्वागत गरेका थिए ।































प्रतिक्रिया