ट्रम्पले युद्धविराम घोषणा गरेलगत्तै इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार

ट्रम्पले युद्धविराम घोषणा गरेलगत्तै इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार

केन्द्रबिन्दु
285
Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ ।

इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको हो । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।

इरानल सोमबार राति कतारको राजधानी दोहा नजिकै रहेको अमेरिकी एक सैन्य अड्डातर्फ मिसाइल प्रहार गरेको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ। कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।

Skip This
Skip This
Logo