गाईघाट
उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायँको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजायँ पाउने चारै जनाको उमेर १५ वर्ष देखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौलाका अनुसार १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायँको फैसला भएको हो ।
०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।
रासस





























प्रतिक्रिया