काठमाडौँ

नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग ( फाष्ट ट्रयाक ) को विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) निर्माण सम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । "/>

फाष्ट ट्रयाकको डिपीआर निर्माणका लागि नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौता

फाष्ट ट्रयाकको डिपीआर निर्माणका लागि नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग ( फाष्ट ट्रयाक ) को विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) निर्माण सम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस अघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो । आयोजना प्रमुख खाँणले डिपिआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।

उक्त डिपिआर करीब १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिन भित्र तयार हुने जनाइएकोछ । द्रुतमार्गको डिपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माण सम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।

फाष्ट ट्रयाक आफैंमा बृहत र विशिष्ट आयोजना भएकाले समयसीमा भित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभाव समेतको विश्लेषणका आधारमा निर्माण सम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख खाँणले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo