काठमाडौँ
मुलुकको नयाँ संरचना अनुसारको पार्टी विधान बनाउँदै गरेको नेपाली कांग्रेसमा केन्द्रीय सदस्यलाई वडा तहबाटै चुनाव लडेर महाधिवेशन प्रतिनिधि बनाउन सुझाव आएको छ । ८ देखि १३ असोजसम्म सातै प्रदेशमा विधानबारे भएको सुझाव संकलनका क्रममा पार्टीलाई जग देखि नै बलियो बनाउनु पर्ने आवश्यकता रहेको भन्दै यस्तो सुझाव आएको हो ।
विधान समितिका एक सदस्यले भने, ‘हाल केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ, तर सुझाव संकलनका क्रममा केन्द्रीय सदस्यलाई पनि चुनाव मार्फत नै वडा तहबाटै निर्वाचित भएर आउने गरी विधान बनाउन सुझाव आयो ।’ विधान समितिका प्रवक्ता रमेश लेखकले पनि केही स्थानबाट केन्द्रीय सदस्यलाई वडा तहबाट नै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न सुझाव आएको जनाए ।
‘सुझाव संकलनका क्रममा त्यस्ता राय आएका छन्, हामी सुझाव संकलन गरेर फर्केका छौं, अब आएका सुझावका आधारमा प्रतिवेदन तयार गर्दैछौं,’ लेखकले भने । विधान समितिले सात प्रदेशका १२ विभिन्न स्थानमा केन्द्रीय नेता सहितको टोली पठाएर विधानका लागि भन्दै सुझाव लिएको थियो ।
प्रदेश तहमा भएको सुझाव संकलनका क्रममा केन्द्रीय समिति भन्दा मुनीका समितिलाई समेत अधिकार सम्पन्न बनाउन सुझाव आएको छ । प्रस्तावित विधानमा केन्द्रीय समिति बढीमा १ सय ३३ सदस्यीय हुने र पदाधिकारी संख्या समेत बढाएर १० पु¥याउने उल्लेख छ । यसरी हाल ८५ जनाको केन्द्रीय समिति रहेको कांग्रेसमा अब बढीमा १ सय ३३ जना सम्मको केन्द्रीय समिति बन्न सक्ने छ ।
राजधानीबाट





























प्रतिक्रिया