रोनाल्डो अल नासरसँग नयाँ सम्झौता नजिक, २०२७ सम्म रहने सम्भावना

रोनाल्डो अल नासरसँग नयाँ सम्झौता नजिक, २०२७ सम्म रहने सम्भावना

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल नासर क्लबसँग नयाँ सम्झौताको नजिक पुगेका छन् ।

चर्चित ट्रान्सफर पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार रोनाल्डो कम्तीमा एक वर्षका लागि सम्झौता नविकरण गर्न तयार भएका हुन् । यो सम्झौता भएको खण्डमा ४० वर्षिया रोनाल्डोलाई २०२६ को विश्वकपमा पोर्चुगलका लागि खेल्ने सम्भावनासम्म क्लबमा कायम राख्नेछ ।

सन् २०२२ मा साउदी प्रो लिगमा आएका रोनाल्डोले २०२४(२५ सिजनको अन्त्यमा आफ्नो करार नवीकरण चाहेका थिएनन् । यस गर्मीमा उनी ट्रान्सफरको चर्चाको केन्द्रमा रहे पनि, अब उनले आफ्नो भविष्यबारे अल नासरमै निर्णय लिन लागेको बताइएको हो । फिफा क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने टोलीमा स्थानान्तरणका प्रस्तावहरू आएपनि अस्वीकार गरेका थिए ।

यदि रोनाल्डो ४२ वर्षको उमेरसम्म साउदी क्लबमा रहन चाहन्छन् भने, उनलाई जुन ३०, २०२७ सम्म राख्नका लागि ठोस सम्भावना रहेको बताइएको छ।

रोनाल्डोले अल नासरबाट साढे दुई सिजनमा १११ उपस्थितिमा ९९ गोल गरेका छन्। तर, उनले साउदी प्रो लिगको शीर्ष उपाधि जित्न सकेका छैनन्, बरु हालै पोर्चुगललाई युइएफए नेसन्स लिगको ऐतिहासिक उपाधि दिलाएका थिए ।

Logo