काठमाडौं । चावहिलस्थित टेक्सास इन्टरनेसनल कलेजले आयोजना गरेको पाँचौं संकरणको ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी करियर फेयर’ सम्पन्न भएको छ ।
कलेजले विद्यार्थीलाई उनीहरुको करियरको सुरुवाती कामका लागि विभिन्न प्रसिद्ध कम्पनीसँग जोड्ने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरेको हो । बिहीबार कलेजको प्रांगणमा सम्पन्न फेयरमा झण्डै ७० वटा विभिन्न कम्पनीहरुको सहभागिता रहेको थियो ।
ति कम्पनीहरुमा विद्यार्थीले अन्तर्वार्ता दिएर जब पाउनुका साथै इन्टर्नसिपको पनि अवसर पाउने गरेका छन् । करियर फेयरले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिने कार्यक्रमका संयोजक तथा व्यवस्थापन विभागका प्रमुख युवराज सापकोटाले बताए ।
‘‘स्वदेशमा अवसरको सम्भावना नदेखेका कारणले विद्यार्थी विदेश पलायन भैरहेका छन् । धेरै कलेजले यदि निरन्तर रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै गएका खण्डमा नेपालमा अवसर छैन भन्ने मानसिकता हटाउन सकिन्छ ।’’ सापकोटाले भने, ‘‘करियर फेस्टका कारण विद्यार्थीहरूले नेपालमै बसेर प्रतिष्ठित कम्पनीहरूमा रोजगारी र इन्टरनशिप पाउने अवसर पाएका छन्, जुन अत्यन्तै उत्साहजनक हो ।’’

यस वर्षको करियर फेयरमा सहभागी कम्पनीहरुले व्यवस्थापन, सूचना प्रविधि (आईटी) लगायतका क्षेत्रमा भएकाा अवसरहरू प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नै ब्याक एन्ड इन्टर्नसिप र जबको प्रस्ताव लिएर आएका थिए, जसबाट बिद्यार्थीहरूलाई प्रत्यक्ष लाभ मिलेको छ ।

फेयरमा सहभागी विद्यार्थीहरु पनि करियर बनाउनका लागि यो निकै नै सहयोगी रहेकोमा उत्साही देखिन्थे ।
कार्यक्रम विशेषगरी स्नातक तहका अन्तिम सेमेस्टरका विद्यार्र्थीहरु र स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना गरिएको थियो ।

सिनियर सेमेस्टरका विद्यार्थीहरूलाई रोजगारीका लागि पहिले नै तयारी गराएकाले कम्पनीहरूबाट प्रत्यक्ष प्लेसमेन्टको सम्भावना बढेको आयोजक पक्षले जनाएको छ । करियर फेयरमा विद्यार्थीहरू र कम्पनीहरूबीच प्रत्यक्ष अन्तर्क्रिया हुने अवसर मिलेको थियो । सहभागी कम्पनीहरूले भविष्यमा समेत टेक्सासका विद्यार्थीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहान ९ बजेबाट सुरु भएको करियर फेयरमा ५ हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेको आयोजक पक्षले जानकारी गराएको छ । टेक्सास कलेजको यो पहल बिद्यार्थीको करियर निर्माण र उद्योगसँगको सम्बन्ध प्रगाढ बनाउन एक प्रभावकारी कदमका रूपमा हेरिएको छ ।
































प्रतिक्रिया