राइटपाथको ‘युके एजुकेसन एक्स्पो २०२५’ भव्य रूपमा सम्पन्न, ५०० बढी विद्यार्थीको सहभागिता

राइटपाथको ‘युके एजुकेसन एक्स्पो २०२५’ भव्य रूपमा सम्पन्न, ५०० बढी विद्यार्थीको सहभागिता

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राइटपाथ करियर काउन्सेलिङको आयोजनामा ‘युके एजुकेशन एक्स्पो २०२५’ भव्य रूपमा सम्पन्न भएको छ ।

उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि राइटपाथ करियर काउन्सिलिङले आफ्नो केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजना गरेको उक्त एक्स्पोमा ५०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदै बेलायतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श लिएका छन् ।

एक्स्पोमा नर्थह्याम्पटन विश्वविद्यालय, लिड्स बेकेट विश्वविद्यालय, लिड्स ट्रिनिटी विश्वविद्यालय, एबर्टे विश्वविद्यालय, यूडब्ल्यूई ब्रिस्टल, ल विश्वविद्यालय, ग्रीनविच विश्वविद्यालय, क्रिएटिव आर्ट्स विश्वविद्यालय लगायतका एक दर्जनभन्दा बढी बेलायती विश्वविद्यालय तथा ओआईईजी र नाभितास जस्ता शिक्षा साझेदार संस्थाका प्रतिनिधिहरूले विद्यार्थीका जिज्ञासा मेटाएका थिए ।

सहभागी विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद, स्पट एसेसमेन्ट, छात्रवृत्तिका अवसर र पाठ्यक्रम छनोट जस्ता विषयमा विस्तृत जानकारी पाउने अवसर प्राप्त गरे । आयोजक राइटपाथका अनुसार, यो कार्यक्रम केवल परामर्शमा मात्र सीमित नभई नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्ने एक महत्त्वपूर्ण कदम हो ।

एक्स्पोलाई थप आकर्षक बनाउन गिफ्ट ह्याम्पर तथा विभिन्न मनोरञ्जनात्मक खेलहरूको समेत व्यवस्था गरिएको थियो ।

हालै मात्र काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको राइटपाथको पुतलीसडकस्थित मुख्य कार्यालयसहित बानेश्वर, ललितपुर, चितवन, दाङ, बुटवल, धनकुटा र इटहरीमा समेत शाखाहरू सञ्चालन गरी विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श प्रदान गर्दै आएको छ । कन्सल्टेन्सीले बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, माल्टा, युएई, अमेरिका जस्ता देशमा जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo