कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर । यो फ्लाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेकाे छ । यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।
तस्विरहरूः टार्जन लिम्बु









































प्रतिक्रिया