एसईईको नतिजा प्रकाशन गर्ने निर्णय लिन बस्याे बोर्डको बैठक

एसईईको नतिजा प्रकाशन गर्ने निर्णय लिन बस्याे बोर्डको बैठक

केन्द्रबिन्दु
63
Shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

बोर्ड बैठकले एसईईको नतिजा आजै नतिजा प्रकाशित गर्ने वा भोलि भन्नेबारे निर्णय गर्नेछ ।

२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए ।

Skip This
Skip This
Logo