काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको सामूहिक बलात्कारपछि हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर आज आरोपीहरू भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई सार्वजनिक गरेको हो ।
निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । सामूहिक बलात्कार पछि उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।































प्रतिक्रिया