काठमाडौं
बहुचर्चित एवं बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई छिटो भन्दा छिटो पारित गराउन सरोकार निकायसँगको थप छलफललाई तीव्रता दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको विशेष आग्रहमा प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको उपसमितिले समितिको बैठकबाट विधेयकलाई सर्वसम्मत रुपमा पारित गराउन थप छलफल अगाडि बढाइएको हो ।
यसअघि सरकारले प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसको सहमतिमा असोज ११ गते नै विधेयक पारित गराउने तयारी समेत गरेको थियो । सदनको दोस्रो अधिवेशनको अन्तिम सो दिन परेकाले विधेयक पेश हुन सकेन । अन्तिम दिन नयाँ विधेयक टेबल नगर्ने संसदीय अभ्यास रहको छ ।
सरकार र प्रा डा गोविन्द केसीका सहमतिका बुँदाका भावना अनुसार सो विधेयक माथि २२ वटा संशोधन परेका थिए । संशोधनकर्ता सांसदसित समितिले छलफल गरी निष्कर्षमा पुग्न उपसमिति समेत गठन गरेको थियो । उपसमितिको बैठक असोज ११ गते पनि बसेको थियो ।
रासस































प्रतिक्रिया