अव पशुपति क्षेत्रभित्र सफा टेम्पोमा घुम्न पाइने (भिडियोमा)

अव पशुपति क्षेत्रभित्र सफा टेम्पोमा घुम्न पाइने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पशुपति क्षेत्र भित्र दुई वटा सफा टेम्पो संचालनमा ल्याइएको छ ।
वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टयाम्पो संचालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा संचालनमा ल्याइएको सो टयाम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भयो । अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरण मैंत्री सफा टयाम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिनु भयो ।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हँँुदै आएको थियो । त्यही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा टयाम्पो संचालनमा ल्याइएको हो । ६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिनु भयो ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले आईतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ«े बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरुको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो । बैंकमा अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको सो लकरमा भक्तजनहरुले आफ्नो सामानहरु राख्न पाउनेछन । मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वाङगिन विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिनु भयो । त्यस अवसरमा उहाँले पशुपति क्षेत्र गुरु योजनालाई ४ महिना भित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री अधिकारीले हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने योजना पनि अघि सार्नु भयो । यस अघि पशुपति क्षेत्र भित्र भारत सरकारको सहयोगमा धर्मशाला पनि स्थापना गरिएको थियो ।

 

Logo