काठमाडौँ

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमि मात्र पाइएको छ । "/>

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुर जति हुन आउँछ ।

सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिका तपाईं पनि पल्टाउनुहोस् । त्यसमा नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटिएको छ । त्यसमा हरेक स्थानीय तहका क्षेत्रफल, जनसंख्या लगायत तथ्यांक राखिएका छन् ।

हामीले हरेक स्थानीयतहका क्षेत्रफल जोड्यौं । सबैको योगफल आयो– १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र । नेपालको क्षेत्रफल ती सबै स्थानीय तहका क्षेत्रफलको योग हो । यति ठूलो मात्रामा अपुग हुँदा निःसन्देह प्रश्न उठ्छ– बाँकी भूभाग खोइ त ?

जीआईएस नक्सा सामेल गरी बनाइएको उक्त पुस्तिकामा देखिएको त्रुटि के सामान्य हो ? अब यो प्रश्नको जवाफ पक्कै पेचिलो बन्दै जानेछ । आधिकारिक पुस्तिकामा देखिएको यस्तो अवस्थाले आम मानिसको भावनामा पर्न जाने चोटको जवाफदेही हुने निकाय को होला ? प्रश्न उठ्छ– के हामीले आफ्नो भूमि वास्तविकतामै गुमाइसक्यौं ? होइन भने कहाँ घट्यो ।

सबैभन्दा धेरै प्रदेश ५ मा र दोस्रोमा कर्णालीमा भूभाग हराएको छ । घटेको क्षेत्रफल प्रदेश १ मा ७७१.६१, २ मा ७६६.७२, ३ मा ६७९.१७५, गण्डकीमा ३४५.२१, ५ मा ४३६५.६३, कर्णालीमा २७३१.२३ र सुदूर पश्चिम प्रदेशमा ३५९.३९ वर्गकिमि छ । हरेक प्रदेशमा यति ठूलो मात्रामा क्षेत्रफल कसरी घट्यो ? प्रश्न अनुत्तरित छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo