अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

केन्द्रबिन्दु
12
Shares

मुगु । अविरल वर्षापछि अवरुद्व कर्णाली राजमार्गको गगनेखोलाको अवरुद्व सडक सञ्चालनमा आएको छ ।

गएरातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अवरुद्व सडक अहिले १० बजेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कालिकोटस्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुनः अवरुद्ध सडक भएको छ ।

राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ । कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

Skip This
Skip This
Logo