काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखिएकोमा नेकपा नेता योगेश भट्टराईले विरोध जनाएका छन् । "/>

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा योगेशले भने, ‘अमेरिकामा बसेर पनि सभ्यता सिक्नु भएन ?’

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा योगेशले भने, ‘अमेरिकामा बसेर पनि सभ्यता सिक्नु भएन ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखिएकोमा नेकपा नेता योगेश भट्टराईले विरोध जनाएका छन् । लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्वाचित, जनअनुमोदित, राजनीतिक तथा संवैधानिक वैधताप्राप्त प्रधानमन्त्री जो सिँगो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै कालो झण्डा देखाईएको भन्दै त्यसको निन्दा गरेका हुन् ।

महासभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्रीलाई नेपाली भनिएकाहरुबाटै विरोधको असभ्य र भद्धा नौटंकी देखाउनु निन्दनीय र खेदजनक विषय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यसको विरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘विश्वको सभ्य समाज भनिने अमेरिकामा बसेर पनि सभ्यता सिक्क नसकेका र नेपालीत्वको सामान्य सीमा पनि कायम गर्न नसकेका ती मानबहरुप्रति मलाई दया लागेको छ । हालै प्रम केपी ओली र केहीदिन अघि पूर्व प्रम बाबुराम भट्टराईप्रति गरिएको व्यबहार नेपाली परम्परा, संस्कृति र सभ्यतामाथिको अतिक्रमणका रुपमा मैले बुझेको छु । फेरी पनि भन्छु उनीहरुको फरक बिचारको म सम्मान गर्छु तर पराईको भूमिमा यो व्यबहार स्विकार्य हुनसक्दैन ।’

 

Skip This
Skip This
Logo