त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ मा जिपले च्यापेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
सदरमुकाम मुसिकोट खलङ्गाबाट बाँफिकोट–५ बडगाँउबाट बाँफिकोटतर्फ फर्किँदै गरेको जिपले च्यापिएर बडगाउँका तीन वर्षीय सिबाङ पुनको मृत्यु भएको हो ।
बडगाँउमा रोकी राखेको रा १ ज ८१२ नम्बरको जिप चलाउने क्रममा गाडी मुनि परेर च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
चालक बाँफिकोट–४ का २२ वर्षीय विशाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया