धनगढीमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन बन्द आव्हान गरिएको हो ।
बन्द घोषणा गरिए पनि रात्री बसहरुलाई भने भित्रिन दिईएको छ । बाहिर जाने सवारीसाधनलाई भने चलन दिएको छैन । आज सार्वजनिक बिदाका दिन भएकाले उद्योग कलकारखाना र शिक्षण संस्था भने बन्द नै छन् । निजी मोटरसाइकल चलाउन दिइएको छ भने रिक्सा, अटो रिक्साहरु चलाउन दिएको छैन । धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालित छन् ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतले पारित गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा समेत बिरोधमा उत्रिएका छन् ।
बन्द साँझ पाँच बजेपछि खुल्ने बन्दकर्ताले बताएका छन् ।































प्रतिक्रिया