काठमाडौँ

यस बर्षको दशैंमा वित्तिय संस्था तथा बैंकका कर्मचारीले दुई दिन मात्र बिदा पाउने भएका छन् । "/>

बैंकमा कार्यरत कर्मचारीले दशैंको विदा २ दिन मात्र पाउने

बैंकमा कार्यरत कर्मचारीले दशैंको विदा २ दिन मात्र पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यस बर्षको दशैंमा वित्तिय संस्था तथा बैंकका कर्मचारीले दुई दिन मात्र बिदा पाउने भएका छन् । विगत वर्षहरुमा ५ दिन बिदा पाउदै आएका बैंकका कर्मचारीले नेपाल राष्ट्र बैंक वित्तीय संस्था नियमन विभागको पत्रका आधारमा यो दशैमा दुई दिन मात्र विदा पाउने भएका हुन् ।

राष्ट्र बैंकले यस अघि नै गरेको निर्णय अनुसार प्रत्येक तीन÷तीन महिनाको अन्तरालमा महिनाको २५ गते देखि मसान्त सम्मका सार्वजनिक विदामा बैंकका कर्मचारी बिदा बस्न नपाउने ब्यवस्था गरेको छ । त्यहि ब्यवस्था र सूचनाका आधारमा बैंकका कर्मचारी विदा बस्न पाउँदैनन् । सोही आधारमा कार्तिक १ गते दशैंंको अघिल्लो दिन महानवमीमा र कार्तिक २ गते परेको दशैको दिन गरि दुई दिन मात्र बैंकका कर्मचारीले बिदा पाउने भएका हुन् ।

दशैंको अर्को दिन यसैपनि शनिबार परेकाले कर्मचारीले यो दशैमा दुई दिन मात्र विदा पाउने भएका हुन् । असोजको ३० गते फुलपाती र ३१ गते महाअष्टमी परेकाले सो दिन राष्ट्र बैंकले कर्मचारीलाई बिदा नबस्ने निर्णय सहितको सुचना सर्कुलर गरि सकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

Skip This
Skip This
Logo