काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजायँ भएको बताएका छन् । "/>

बलात्कारीलाई फाँसी दिने गरि कानुन संशोधन गरिन्छ : गृहमन्त्री

बलात्कारीलाई फाँसी दिने गरि कानुन संशोधन गरिन्छ : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजायँ भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नाबालिका बलात्कार, हत्या र अपहरण जस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजायँ भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय ( फाँसी ) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाए । ‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ’, उनको भनाइ प्रतिनिधिमण्डलका सदस्यले सुनाए ।

गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् । ‘निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ’, प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भने ।

शाक्य नेतृत्वको टोलीले निर्मला बलत्कार–हत्या र त्यसपछिका दर्जनौं घटनामा सरकार मुकदर्शक भएको भन्दै आलोचना गरेको थियो । उनीहरूले अपराधीलाई समयमै दण्डित गर्न नसक्दा मुलुकभरि दर्जनौं बलात्कार र हत्याका घटना दोहोरिएको भन्दै यथाशीघ्र अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे ।
अन्नपूर्णबाट

Skip This
Logo