प्रचलित मुलुकी ऐन जबर्जस्ती करणीको महलले यौनाङ्ग प्रवेश गराउने कार्य, विर्य स्खलन हुने चरण समेतलाई समेटेर मात्र बलात्कारको निर्क्यौल गर्ने गरेको छ तर योनीभित्र अन्य वस्तु घुसारिदिने वा मुख या अन्य अप्राकृतिक मैथुनका लागि बाध्य पार्नुलाई किन पूर्ण बलात्कार मान्दैन कानुनले ? मुलुकी ऐनमा रहेका यस्ता प्रावधानहरुले अपराधीलाई कम सजाय दिने मात्र होइन कतिपय अवस्थामा उन्मुक्ति नै दिने सम्भावना समेत देखिन्छ। "/>

बलात्कार, वकील र अपराधी

बलात्कार, वकील र अपराधी

केन्द्रबिन्दु
0
Shares

प्रचलित मुलुकी ऐन जबर्जस्ती करणीको महलले यौनाङ्ग प्रवेश गराउने कार्य, विर्य स्खलन हुने चरण समेतलाई समेटेर मात्र बलात्कारको निर्क्यौल गर्ने गरेको छ तर योनीभित्र अन्य वस्तु घुसारिदिने वा मुख या अन्य अप्राकृतिक मैथुनका लागि बाध्य पार्नुलाई किन पूर्ण बलात्कार मान्दैन कानुनले ? मुलुकी ऐनमा रहेका यस्ता प्रावधानहरुले अपराधीलाई कम सजाय दिने मात्र होइन कतिपय अवस्थामा उन्मुक्ति नै दिने सम्भावना समेत देखिन्छ।

श्रेया सुनार बलात्कारपछि हत्याकाण्डमा पक्राउ परेका आरोपी कुशुम पौडेलले साविती बयान दिईसके । ‘हो मैले बलात्कार गरें र हत्या गरेको हुँ” भनेर स्विकार गरिसके । जनताको दिलदिमागमा बदनाम भएर रहेको प्रहरीले समयमै उनलाई गिरफ्तार गरेर सह्रानिय काम गर्यो ।

खस्कदै गएको प्रहरीको शाख अलीकति भएपनि जोगियो । यो काण्डमा पनि अपराधी समात्न ढिलो भएको भए निकै ठुलो र अप्रिय घटना हुने सम्भावना थियो जुन अहिले तत्कालको लागी टरेको छ भनेर खुशी हुनुपर्ने अवस्था आएको छ प्रशासनको लागि।

प्रहरीले अपराधी समात्नु र अपराधीले साविती बयान दिनुमात्रलाई मुद्दा समाधान भएको मान्न सकींदैन । किनकी असली कानुनी दाउपेच त अदालतमा मुद्दाको सुनुवाईमा सुरु हुन्छ । नेपालको संविधानले हरेक अपराधीले आफ्नो प्रतिरक्षामा कानुनी सहयोग लिन पाउने अधिकार सुरक्षित गरेको छ।

जतिसुकै ठुलो अपराध गरेको किन नहोस उसले वकील मार्फत आफ्नो भनाई राख्न पाउँछ र कानुनका धारा समातेर वकीलले पनि आफु लडेको मुद्दाको आरोपीलाई कसरी निर्दोष सावित गर्ने भनेर अनेक तिकडम गर्न पाउछ। आदालत भित्र बहसको क्रममा गरिएका कुराहरुको आधारमा (अदालतको अवहेलना बाहेकं वकीललाई अन्य कारवाही हुदैन । एक किसिमको झुट बोलेर त्यसलाई प्रमाणित गर्ने लाइसेन्स जस्तै हो वकीलको लाइसेन्स । झुटलाई सत्य नै सावित गरिदिए पनि वकीललाई कुनै कारवाही हुँदैन् ।

त्यसपछि कानुनले नै निर्दिष्ट गरेको अर्को विषय के पनि छ भने कुनैपनि वकीलले मुद्दा समातिसकेपछि आफ्नो क्लाईण्टको (आरोपी) पक्षमै वकालत गर्नुपर्ने हुन्छ । प्रमाणित हत्यारा नै भएपनि हत्या गरेको होईन भन्नुपर्ने हुन्छ । हत्या गरेको ठहरेमा हत्या गर्ने नियत थिएन भनेर थोरै सजाय गराउने तर्फ पहल गर्नुपर्छ । यि साधारण कानुनी कुरा हुन जुन पक्ष विपक्षमा बहस हुँदा प्राक्टीस गर्ने गरिन्छ ।

वकीलले मुद्दा नै नलिनु बेग्लै कुरा हो मुद्दा समातेपछि यही श्रेया हत्याकाण्ड केशमा समेत आरोपी कुसुमको पक्षमा लड्ने वकीलले कुशुमले बलात्कार एवं हत्या गरेकै होईनन भनेर उनको प्रतिरक्षा गर्नै पर्ने हुन्छ ।

कुशुमको पक्षबाट मुद्दा लडेका वकीलले उनको प्रतिरक्षा नगरी उनलाई अपराधी सावित गर्नेखालको अथवा उनको विपक्षमा वहस गरेभने त्यो सामान्य कानुनी प्रचलनको विपरित हुन जान्छ र वकील आफै सजायको भागीदार हुनेछन । यो पनि सामान्य कानुनी प्रचलन हो। मुख्य कुरा वकीलहरु त्यस्ता मुद्दा किन समाउँछन् भन्ने नै हो । आखीर अपराधीले अपराध स्विकार गरिसकेपछि पनि वकीलहरुले उसलाई निर्दोष बनाउन किन अदालत गईदिन्छन ? यो मुख्य प्रश्न हो।

त्यसरी वकीललाई आकर्षित गर्ने प्रमुख वस्तु भनेको मुद्दा लडे बापत लिने फि नै हो । केही रकमकै लागी उ अपराधी हो भनेर जान्दाजान्दै पनि वकीलहरुले सुनुवाईमा उभिएर उसले अपराध गरेको होईन श्रीमान भनेर दावी गर्नु ‘व्यवसायिकता’ त होला नैतिकता भने पक्कै होईन ।

श्रेया वलात्कार काण्डमा कुशुमको साविती वयानलाई मात्र अदालतले प्रमाण मान्ने छैन र कुशुमका वकीलले पनि उसले बलात्कार नगरेको प्रमाणित गराउनैको लागी वहस गर्नेछन। निर्मलाका हत्यारा पक्राउ परिहाले भनेपनि हत्याराको पक्षबाट मुद्दा लडेर त्यो बलात्कार र हत्या अदालत भित्र प्रमाणित गराउन निकै गाह्रो छ।

योनिमा लिंग प्रवेश नगराएको, औंला मात्र प्रवेश गराएको खण्डमा कानुनले त्यसलाई बलात्कार मान्छकी मान्दैन ? जवकी बलात्कार नै भएको खण्डमा पनि बलात्कारका अनेक प्रकृती हेरेर सजाय तोकिन्छ भने अदालतले श्रेयाको बलात्कार भएको मान्ला ? पुर्ण बलात्कार हुनुमा लिंग योनीमा कति प्रवेश गरेको भन्ने देखी योनी भित्र विर्य स्खलन भएको नभएको सम्मका घटनाक्रमले प्रभाव पार्ने गर्दछ भने सरकारी वकीलले श्रेयाको बलात्कार नै भएको भन्नेकुरा प्रमाणीत कसरि गर्लान ? जबकी आरोपी कुशुम पौडेलको पक्षबाट मुद्दा लड्ने वकीलले त्यो बलात्कार थिएन भनेर प्रतिरक्षा गर्न कुनै कसर बाकी राख्ने छैनन।

पर्शनालिटी डिस्अर्डर अर्थात अरूलाई पिडा दिएर आफू खुशी हुने विकृत मानसिक अवस्था भएका व्यक्तिहरू हत्या र बलात्कारमा पनि रमाउछन । लागु औषधको लतमा फसेका, आवेग नियन्त्रण गर्न नसक्नेहरू र मानसिक रोगीबाट भएका हत्या र बलात्कार सम्बन्धि घटनालाई पनि कानुनले फरक रुपले हेर्ने गरेको कारण कतिपय अपराधिहरुलाई मानसिक रुपमा कमजोर अथवा असामान्य मानसिक अवस्थाको मान्छे प्रमाणित गराएर सजायबाट उन्मुक्ति दिने प्रपंच समेत रच्छन वकीलहरु ।

श्रेया हत्याकाण्डमा कुशुमलार्इ उनका वकीलले भलै हत्याको अभियोगबाट बचाउन नसक्लान तर बलात्कार नगरेको भन्ने प्रमाणित गराएर कुशुमलाई कमसेकम सजाय दिलाउनु उनको वकीलको धर्म हुनेछ । अदालतमा कुशुमलाई अपराधी सावित गर्न प्रहरीले घटनास्थलबाट के कस्ता प्रमाणहरु बटुलेको छ त्यो एकदमै महत्वपुर्ण कुरा हो । घटना घटेको समयमा आरोपी कुशुम अन्तै उपस्थित रहेको अर्को प्रमाण जुटाउन वकीललाई कुनै समस्या छदैछैन । आखीर किन ईमान जमान र धर्म बेच्छन वकीलहरु ?

दुर्गा पंगेनी

Logo