वैज्ञानिक विधिबाट पठनपाठन हुने शैक्षिक गन्तव्य, युनाइटेड एकेडेमी

वैज्ञानिक विधिबाट पठनपाठन हुने शैक्षिक गन्तव्य, युनाइटेड एकेडेमी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका दर्जनौं शैक्षिक संस्थामध्ये ललितपुरको कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमी उत्कृष्टमध्येको एक हो । २०५९ सालदेखि निरन्तर अध्यापन गराउँदै आएको युनाइटेडले आफ्नो २७ वर्षे यात्रामा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

युनाइटेड एकेडेमीमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ ।

दक्ष, अनुभवी शिक्षक, रचनात्मक पठन विधि, विद्यार्थीमैत्री वातावरण, फराकिला र खुला कक्षाकोठा, आधुनिक भौतिक संरचना, आवश्यक सबै पुस्तक उपलब्ध पुस्तकालयका कारण युनाइटेड एकेडेमी कलेज सतप्रतिशत नतिजा पस्किन सफल छ ।

राष्ट्रिय परिक्षा बोर्डको सम्बन्धनमा रहेर यस एकेडेमीमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायको अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर युनाइटेडले स्नातक र स्नात्तोकत्तर तहको समेत अध्यापन गराउँदै आएको छ ।

वैज्ञानिक विधिबाट पठनपाठन हुने यस कलेजमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ । त्यसैले पनि यस कलेजको विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ ।

Logo