हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरिशयनी एकादशीको अवसरमा बर र पिपलको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। देशका ६ विभिन्न धार्मिक र पर्यावरणीय महत्वका स्थलमा कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

कास्कीको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाँक्षेत्र शिव मन्दिर परिसर तथा दाङको मोतिपुर पुल क्षेत्रमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, शेयरधनी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

बैंकले बर र पिपलको वृक्षारोपण केवल वातावरण संरक्षणका लागि मात्र नभई, धार्मिक आस्थासँग जोडिएको सम्पदा संरक्षण र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणका लागि महत्वपूर्ण प्रयासको रूपमा लिएको जनाएको छ। वृक्षारोपण गरिएका स्थानहरूलाई आगामी दिनमा ‘बर–पिपल चौतारी’ को रूपमा विकसित र संरक्षण गर्ने लक्ष्य लिइएको छ।

गरिमा विकास बैंकले दीगो विकास, हरित वातावरण प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई संस्थागत रणनीतिको हिस्सा बनाउँदै यस्तो कार्यक्रमलाई नियमितता दिँदै आएको छ। धार्मिक र जैविक विविधताको सम्मान गर्दै गरिएका यस्ता गतिविधिले स्थानीय समुदायमा चेतना जागृत गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

Skip This
Skip This
Logo