युनाइटेड एकेडेमीलाई ‘बेष्ट प्लस टु अवार्ड’

युनाइटेड एकेडेमीलाई ‘बेष्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
2.14k
Shares

काठमाडौं । ललितपुरमा अवस्थित युनाइटेड एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।

काठमाडौं उपत्यकाभित्र रहेका दर्जनौं शैक्षिक संस्थामध्ये ललितपुरको कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमी उत्कृष्टमध्येको एक शैक्षिक संस्था हो । २०५९ सालदेखि निरन्तर अध्यापन गराउँदै आएको युनाइटेडले आफ्नो २७ वर्षे यात्रामा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

दक्ष, अनुभवी शिक्षक, रचनात्मक पठन विधि, विद्यार्थीमैत्री वातावरण, फराकिला र खुला कक्षाकोठा, आधुनिक भौतिक संरचना, आवश्यक सबै पुस्तक उपलब्ध पुस्तकालयका कारण युनाइटेड एकेडेमीले सतप्रतिशत नतिजा पस्किन सफल छ ।

वैज्ञानिक विधिबाट पठनपाठन हुने यस एकेडेमीमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ ।

Logo