यस्तो छ काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

यस्तो छ काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका हुन् । उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनुपर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।

Skip This
Skip This
Logo