लामिन यामलमाथि अनुसन्धान सुरु

लामिन यामलमाथि अनुसन्धान सुरु

केन्द्रबिन्दु
513
Shares

काठमाडाैं । बार्सिलोनाका युवा स्टार लामिन यामलको १८औँ जन्मदिनको पार्टीमा होचो कदका व्यक्तिहरूलाई मनोरञ्जनका लागि राखिएको आरोपपछि स्पेनमा अनुसन्धान सुरु भएको छ। स्पेनको सामाजिक अधिकार मन्त्रालयले यस विषयमा अभियोजकको कार्यालयलाई छानबिन गर्न आग्रह गरेको हाे ।

यामलले बार्सिलोनाबाट करिब ५० किलोमिटर पश्चिममा रहेको ओलिवेलास्थित एक निजी स्थलमा गत शनिबार राति आफ्नो जन्मदिनको पार्टी मनाएका थिए। यस पार्टीमा उनका थुप्रै टिममेटहरूका साथै संगीत क्षेत्रका हस्तीहरू बिजार्याप र ब्याड ग्याललगायतका सेलिब्रेटीहरू पनि उपस्थित थिए।

‘एसोसिएसन फर पिपल विथ एकोन्ड्रोप्लासिया एन्ड अदर स्केलेटल डिस्प्लासिया विथ ड्वार्फिज्म (एडी)’ नामक संस्थाले उजुरी दर्ता गरेपछि सामाजिक अधिकार मन्त्रालयले अनुसन्धानका लागि अभियोजकको कार्यालयलाई आग्रह गरेको हो। एकोन्ड्रोप्लासिया होचो कदको सबैभन्दा सामान्य प्रकार हो, जुन हड्डीको विकासमा समस्याका कारण हुन्छ।

पार्टीमा पाहुनाहरूलाई भिडियो खिच्न अनुमति नदिए पनि, होचो कदका व्यक्तिहरूको एउटा समूह पार्टीमा प्रवेश गर्दै गरेको भिडियो बाहिर आएको थियाे । यामलका प्रतिनिधिहरूले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।

यामल, जसले बार्सिलोनालाई गत सिजन ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप गरी घरेलु ‘ट्रेबल’ जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए, यस वर्षको बालोन डी’ओरका लागि एक दाबेदार पनि हुन्। १५ वर्षको उमेरमा सन् २०२३ मा डेब्यु गरेका स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी यामलले क्लबका लागि १०६ खेलमा २५ गोल गरिसकेका छन्।

Skip This
Skip This
Logo